Logo

ओलीले गरे भेरी-बबई डाइभर्सन आयोजनाको अवलोकन (तस्विरहरु)



काठमाडौं,१९ मंसिर । ६ दिनदेखि जारी नेकपा एमालेको झुलाघाट -चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत देश दौडाहामा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको अवलोकन गरेका छन् ।

समृद्धिको लागि संकल्प यात्रा अन्तरगत सुर्खेतबाट रुकुम जाने क्रममा उनले भेरी बबई डाइभर्सनमा अवलोकन गरेका हुन् ।

समृद्धिको लागि संकल्प यात्रा अन्तरगत सुर्खेतबाट रुकुम जाने क्रममा उनले भेरी बबई डाइभर्सनमा अवलोकन गरेका हुन् ।

महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि उनले भने, ‘यहाँको कामको गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन ।’

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना राष्ट्रिय गौरवको आयोजना हो। बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । यस आयोजना आ।व।२०६८÷६९ मा शुरु भई आ।व। २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा संशोधित तालिका अनुसार आव २०७८÷७९ मा सम्पन्न हुने भनिएपनि आयोजनाका अधिकारीहरुका अनुसार भेरी बबई डाइभर्सनको काम हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको कूल लागत १६४३ करोड लाग्ने अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot