Logo

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, महाधिवेशनबारे निर्णय हुने



काठमाडौं,१९ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

आज बसिरहेको सचिवालय बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनको नयाँ मिति तय गर्नेछ । यसअघि सोमबार पनि समाजवादीको सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्ने निर्णय गरेको थियो । सोमबार कै बैठकले महाधिवेशन सार्ने मोटामोटी सहमति गरेपनि निर्णयका लागि भने आज पुनः बैठक बोलाउने निर्णय भएको थियो ।

गत महिना एकीकृत समाजवादीले माघ १४ देदि १८ गतेसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको थियो । तर, माघ ११ गते सरकारले राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेपछि समाजवादीको महाधिवेशन बिथोलिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot