Logo

देश दौडाहामा रहेका ओलीलाई ९ वर्षीय बालकको पत्रः पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु



काठमाडौं,१९ मंसिर । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको नाम दिए ५ दिनदेखि देश दौडाहामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह दिँदै एक पत्र थमाएको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

“हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचे– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी–बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ,” ओलीले फेसबुकमा लेखेका छन्,

पत्रमा ९ वर्षिय बालकले लेखेका छन् ।‘सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू म र मजस्तै बालबालिकाहरु युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिदिन हुन अनुरोध गर्दछु’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot