Logo

नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यलाई



काठमाडौं,२१ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् ।

संघका सभापति दुजाङ शेर्पा आज भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागि हुन भारत जाने भएपछि अध्यक्ष शेर्पाले बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।

बज्राचार्यलाई संघको विधान ०७५ अनुसार कार्यवाहक जिम्मेवारी तोकिएको नेविसंघले जनाएको छ । ७ सय १ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot