Logo

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप



काठमाडौं,२१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाज पचाएर सरकारमा बसिरहेको आरोप लगाएका छन् ।

८ दिनदेखि जारी एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानअन्तर्गत बिहीबार वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको दाबी गरेका हुन् ।

अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनु पर्ने ओलीको भनाइ छ ।

“अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो,” एमाले अध्यक्ष ओलीले भने, “सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ अचम्म लाग्दो छ ।”

उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाए । ओलीले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे । मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot