Logo

यू-१९ एसिया कपः १३ बलमा कुनैपनि रन नजोडी आउट भए कप्तान देव, संकटमा नेपालको ब्याटिङ



काठमाडौं,२२ मंसिर । आजबाट यूएईमा सुरु भएको एसीसी यू-१९ एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध महत्वपूर्ण विकेट गुमाएको छ ।

यूएई क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्ता पाएको थियो । पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान देव खनाललाई तेस्रो विकेटको रुपमा गुमाएको हो । जुन नेपालका लागि निक्कै धातक बनेको छ ।

नेपालले खेलको २। २ ओभरमा तिलकराज भण्डारीलाई पहिलो विकेटको रुपमा गुमाएको मा दोस्रो विकेटको रुपमा आकाश त्रिपाटीलाई गुमााएको थियो । त्यस्तै तेस्रो विकेटको रुपमा भर्खरै कप्तान देव खनाललाई गुमाएको हो ।

ताजा अवस्थामा खेलको १२ ओभर चलिरहँदा ३ विकेट गुमाएर ३३ रन जोडेको छ ।

समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलंका छन्।

यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।

नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot