Logo

मानवअधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड



काठमाडौं, मंसिर २४ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पछिल्ला वर्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले घोषणापत्रमा निहित मूल्य र अधिकारलाई सामूहिक कार्यका लागि दिशानिर्देश गर्ने सूत्रका रुपमा अङ्गीकार गर्न झनै आवश्यक रहेको बताएका हुन् ।
महामारी, द्वन्द्व, बढ्दो असमानता, नैतिक रुपमा सङ्कटग्रस्त वित्तीय प्रणाली, जातिवाद, जलवायु परिवर्तन आदिले सिङ्गो विश्वलाई नराम्ररी गाँजिरहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले मानवअधिकारको प्रत्याभूतिका लागि विश्वव्यापी घोषणापत्रको कार्यान्वयनमा थप क्रियाशील र ऐक्यबद्ध भई अघि बढ्नुपर्ने जनाएका छन्।

नेपाल मानवअधिकार र सामाजिक न्यायको प्रत्याभूतिमा क्रियाशील रहेको उल्लेख गर्दै उनले मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसंगति अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट अघि बढ्नुपर्ने बताएका न्। नेपालका केही क्षेत्र, भूगोल, वर्ग, समुदायलगायतले अझै पनि आफूको अधिकारको संरक्षण हुन नसकेको गुनासो गरिरहेको सन्दर्भमा त्यसको पहिचान गर्नु अहिलेको मुख्य दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot