Logo

विराटनगरमा गोली चल्यो, एक जना घाईते



काठमाडौं, मंसिर २५ । विराटनगरमा एकजना युवामाथि गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा गोली प्रहार भएको हो ।

मोरङ प्रहरीका अनुसार गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको छ । अज्ञात समूहले गोली प्रहार गरेको गोली संग्रौलाको बाँया तिघ्रामा लागेको छ।

उनले उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी गएको र साँझमा घर फर्कंदै गर्दा गोली प्रहार भएको उनले बताएका छन् । आठ दश जनाको समूहमा रहेका उनीहरुको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot