Logo

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेसहित ५ दलले गराए दल दर्ता



काठमाडौं,२५ मंसिर । माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आजसम्म विभिन्न ५ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसोसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दल नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत र नेपाल मजदुर किसान पार्टीले आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

आयोगले दिएको जानकारी अनुसार हालसम्म सत्ता साभलेदार दल नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा लगायतले भने दल दर्ता गर्न पुगेका छैनन् ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot