Logo

मुख्यमन्त्री चौधरीलाई लुम्बिनी एमालेले सोध्यो: एमालेप्रति सरकारको पूर्वाग्रही व्यवहार किन ?



काठमाडौं,२५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशमा बढ्दै गएको वेथिति र मनपरीका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार पूर्व मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता लिला गिरी नेतृत्वको टोलीले मुख्यमन्त्री चौधरीलाई भेटेर पार्टीको तर्फबाट १३ प्रश्नसहित सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षणमा एमालेले लुम्बिनी प्रदेशमा वर्तमान गठबन्धनको सरकार गठन भएयता बेथिति, विसंगति र मनपरी बढिरहेको, अहिलेको सरकारका काम गराई र शैली अपारदर्शी र असन्तुलित रहेको भन्दै सर्बत्र गुनासो चुलिएको दाबी गरेको छ । प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोस बढिरहेको उसले जनाएको छ ।

‘संघीयताको कार्यान्वयन भएसंगै गठन भएको लुम्बिनी प्रदेश सरकारले २०७४ सालमै लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सकिने आधारहरु तय गर्दै तिनलाई कार्यान्वयन गर्ने चरण सुरु भइसकेको थियो । तर, सत्ता गठबन्धन फेरिएसंगै महत्वपूर्ण योजनाहरुलाई अलपत्र पार्ने काम भए । समृद्धि हासिल गर्न सकिने गरी दीर्घकालीन सोंचका साथ कैयौं कार्यक्रमहरु सञ्चालन गरिएका थिए । तिनलाई समेत अहिलेको यो गठबन्धन सरकारबाट रोक्ने काम भएको छ।’ गिरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले खानेपानी, स्वास्थ्य जस्ता अति जरुरी क्षेत्रमै बजेट कटौती गर्ने र योजना रोक्ने गलत काम चौधरी नेतृत्वको सरकारले गरेको आरोप लगाएको छ ।पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरु प्रभावित बनाउने र विचौलिया पोस्नेगरी बजेटको दुरुपयोग गरिँदा त्यसको असर प्रदेशको समग्र विकासमा पर्न गइरहेको र जनताका आधारभूत विकासका कामलाई समेत राजनीतिक आग्रह र पूर्वाग्रहले प्रभावित पारेको एमालेको ठम्याईं रहेको छ ।

‘वर्तमान सरकारले प्रमुख प्रतिपक्षी दलसंग विगतमा गरेका विभिन्न समसामयिक विषयका सहमतिहरुको कार्यान्वयन गर्नेतर्फ पनि हालसम्म तदारुकता देखाएको छैन ’। एमालेले भनेको छ ‘एकातिर सरकारबाट सेवाप्रवाह प्रभावकारी नहुनु, प्रदेश सभाका विषयगत समितिहरु नेतृत्वबिहीन बनाइनु, बेथिति र मनपरीलाई आत्मसात गरिनुले यो सरकारका कार्यशैलीले जनतामा निराशा मात्रै बढाइरहेको छ । यसले प्रदेशबासी आम जनतालाई नै चिन्तित बनाएको छ’ ।

यस्तो छ मुख्यमन्त्री चौधरीलाई एमालेले बुझाएको ध्यानाकर्षण पत्र



प्रतिक्रिया दिनुहोस्

Screenshot