Logo

यू-१९ एसिया कप: भारतविरुद्ध नेपालको पहिलो विकेट पतन



काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा समूह चरणको अन्तिम खेलमा भारतविरुछ खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

दुबईस्थित ओभल २ मैदानमा भारतले टस जितेर सुरुवातमा फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ । नेपालले खेलको ४।१ ओभरमा पहिलो विकेट गुमाएको हो । पहिलो विकेटका रुपमा ओपनर दीपक बोहरा १ रन बनाउँदै आउट भएका छन् । ताजा अवस्थामा नेपालले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर १० रन जोडेको छ । हाल नेपालको क्रिजमा ओपनर अर्जुन कुमाल र उत्तमरंगु थापा मगर रहेका छन् ।

यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन। आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ। अफगानिस्तान र पाकिस्तानबीचको खेल पनि आजै सवा ११ बजे सुरू हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot