Logo

फुटाउ र राज गर भन्ने पहिचानवादीको पुरानो ‘फर्मुला’ फेरि पराजित हुन्छः गोकुल बाँस्कोटा



काठमाडौं,२६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा सांसद गोकुल बाँस्कोटाले पहिचानवादीको आन्दोलनलाई अन्ध जातिवाद र फाँसीवादको भद्दा नमुनाको संज्ञा दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत फुटाउ र राज गर भन्ने पुरानो ‘फर्मुला’ पराजित गरिने उल्लेख गर्दै पहिचानवादी भनिने हरुको निरन्तरको हर्कत केवल अन्ध जातीवाद,नश्लवादमात्र रहेको दाबी गरेका हुन् ।

‘पहिचान र सामार्थ्यलाई सन्तुलन गर्ने र ब्यबहारमा समाबेशीतालाई खरो उतार्दै आएको एमाले पार्टीबिरुद्दको पहिचानवादी भनिनेको निरन्तरको हर्कत केवल अन्ध जातीवाद,नश्लवाद र फाँसीवादको भद्दा नमुना हो’उनले भनेका छन् । ‘फुटाउ र राज गर भन्ने त्यो पुरानो फर्मुला इतिहासले पटक पटक पराजित गरेको छ र फेरि पनि गर्छ।’

एमाले १३ दिनदेखि समृद्धिका लागि संकल्प यात्रामा रहको छ । आजबाट कोशी प्रदेश प्रवेश गरेको एमालेको टोलीलाई पहिचानवादीहरुले रोक्ने प्रयास गरिरहको छन् । खोटाङमा हुन लागेको एमालेको आमसभालाई बिथोल्ने प्रयास गरेपछि पूर्वमन्त्री गोपाल किरातीसहित १० जना प्रहरीको नियन्त्रणमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot