Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, पुस २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि कुनै हेरफेर भएको छैन् ।



प्रतिक्रिया दिनुहोस्