Logo

राष्ट्रियसभाको निर्वाचनमा हामीले एक सिट पाउँछौं, उम्मेद्वार छान्न बैठक बोलाईसकेका छौं : रेशम चौधरी (भिडिओसहित)



काठमाडौं, २ पुष । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आगामी माघ ११ गते हुने १९ सिटको लागि हुने राष्ट्रियसभा निर्वाचनमा आफ्नो दलले एक सिट पाउने सहमति भएको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने–‘बिहानमात्रै म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकहाँ थिएँ, त्यो बेला त दिने सहमति भएको थियो । नागरिक उन्मुक्ति पार्टीलाई एक सिट दिने सहमति भएको छ । ऋषिजी, हामीसँग पनि धेरै मत छ । हामीसँग सुदुरपश्चिममा ७ मत स्थानीयस्तरको अनि १० मत संसदको छ । १७ मत छ । अब एक सिट पाउनेबारे गठबन्धनमा सम्झौता होला ।’ उनले आफूहरुले राष्ट्रियसभाको लागि उम्मेद्वार छान्नको लागि बैठकसमेत बोलाइसकेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot