Logo

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन



काठमाडौं,४ पुस । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जना न्यायाधीशको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी,अब्दुल अजिज मुसलमान,महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना,सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

उनीहरुमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय गर्न बैठक बोलाईएको थियो ।

समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेसँगै राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot