Logo

प्रधानसेनापति शर्माको प्रष्टीकरण: सेनाभित्र जन्ममिति सम्बन्धमा कुनै इस्यु छैन



काठमाडौं,४ पुस । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जन्ममितिसम्बन्धी मामिलामा सेनाभित्र कुनै इस्यु नभएको प्रष्टीकरण दिएका छन् ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सो प्रष्टीकरण दिएका हुन् ।

समितिले प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको छ ।

पछिल्लो समय नेपाली सेनामा जन्म मितिको विवाद बढ्दै गएको छ । केही साताअघि मात्रै आगामी प्रधानसेनापतिको रोलक्रममा रहनेगरी उपरथीबाट रथीको बढुवा सिफारिसमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot