Logo

सरस्वतीको अर्धशतकमा पीएम कप महिला क्रिकेटमा लुम्बिनीले दियो कर्णालीलाई १३४ रनको लक्ष्य



काठमाडौं,९ पुस । सरस्वती जीएमले ५३ रनको अर्धशतकीय पारीको मद्दतमा प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कर्णालीलाई १३४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११३ रन जोडेको हो । लुम्बिनीका लागि अविजित ५३ रनको पारी खेलेकी सरस्वतीले ६२ बलमा ७ चौका हिर्काइन् ।

त्यस्तै आसमा पुलामी मगरले २५ रन थप्दा चमेली चौधरीले १८ रन थपिन् । लुम्बिनीले अतिरिक्तरुपमा २५ रन पायो । बलिङतर्फ यमुना थारु, रश्मी खड्का र त्रिसना विकले समान १ विकेट लिईन् । समूहचरणको चौथो खेल खेलिरहेका दुबैटिम आज जित निकाल्नै लक्ष्मा रहको छन् । लुम्बिनीले ३ मध्ये १ खेल जितेर समूहक चरणको छैटौं स्थानमा रहँदा कर्णाली जितवीहिन रहँदै समूहको पुछरमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot