Logo

देउवासहित कांग्रेसका शीर्ष नेताहरु बालुवाटारमा



काठमाडौं,१७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नका लागि कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

आसन्न राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न उनीहरु बालुवाटार पुगेका हुन् । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । सत्तारुण् दलहरुबीच गठबन्धन गरेर चुनावमा जाने सहमति यसअघि नै भएपनि सीट बाडफाँडमा भने सहमति भएको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot