Logo

आरती साहको पक्षमा न्याय माग्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारी पक्राउ



काठमाडौं,१७ पुस । गत जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी धनुषाकी आरती साहको हत्या भएको भन्दै उनलाई न्याय दिलाउन मागगर्दै राष्ट्रिय मानव अधिकार आयोग अगाडी प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आरतीका लागि ५ महिनादेखि न्याय माग्दै काठमाडौंमा आन्दोलनरत उनका बुवा विनोद साह,भाइ प्रेम साह,अभियानकर्मी अनिता यादव,जस्मिन ओझा,विनु यादव र दीपक गुप्तालगायत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

आफ्नै घरमा छोरी मृत फेला परेपछि उनका बावु आमाले आरतीका श्रीमान र ससुराविरुद्ध जाहेरी दिएका थिए । जाहेरीपछि पक्राउ परेका उनका श्रीमान र ससुरा उच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए । उच्चबाट न्याय नपाएपछि आरतीका परिवार सर्वोच्च पुगेका थिए । सर्वोच्चले आरतीका श्रीमानलाई थुनामै राख्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि प्रहरीले उनका श्रमानलाई पक्राउ गरिसकेको छ ।

सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्