Logo

विजुली व्यापारका लागि बजार सुनिश्चित भयोः कूलमान घिसिङ



काठमाडौं, १९ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतसँग भएको सम्झौता र प्रसारण लाइन सञ्चालनबाट द्विदेशीय बिजुलीको व्यापारका लागि बजार सुनिश्चित भएको बताएका छन् ।

आज (बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएको विद्युत खरिदविक्री सहमतिपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यकारी निर्देशक घिसिङले बजार सुनिश्चित भएकाले ऊर्जा उत्पादनमा लगानी विस्तार हुने विश्वास व्यक्त गरे ।

प्राधिकरणले पछिल्लो एक वर्षमा १५ अर्ब २७ करोड बराबरको बिजुली निर्यात गरेको छ । साथै, आजको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले आज कुशाहा–कटैया, परवानीपुर–रक्सोल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot