Logo

नेपाल–भारतबीचको विद्युत व्यापार सम्झौता महन्वपूर्ण उपलब्धी होः पशुपति शमशेर



काठमाडौं, २० पु्स । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शमशेर जबराले नेपाल–भारतबीचको विद्युत व्यापार सम्झौता महत्वपूर्ण उपलब्धी भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देश विकासका लागि भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमण र विद्युत व्यापार सम्झौता महत्वपूर्ण र उपलब्धीमूलक रहेको बताएका हुन् ।

‘म आशातित छु कि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ, समृद्ध र अत्यन्त राम्रो भएर जान्छ । देश विकासका लागि यो भ्रमणले महत्वपूर्ण पाइला टेक्छ भन्ने मैले आशा लिएको छु । १० हजार मेगावाट विद्युत नेपालले भारतलाई विक्री गर्ने सम्झौता महत्वपूर्ण उपलब्धी हो । यो मुलुकको जलस्रोत मुख्य स्रोत हो । त्यहीबाट यसको विकास हुनुपर्छ भन्ने विश्वास गर्ने व्यक्ति हुँ,’– नेता जबराले भने ।

साथै, नेपालमा अब लगानी भित्रिने उनको विश्वास छ । नेपाल सरकारले उचित व्यवस्थापन गरे जलस्रोत क्षेत्रमा नेपालमा लगानी भित्रिनेमा आफू विश्वस्त रहेको उनले बताए । नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताउँदै उनले पञ्चेश्वर लगायतका सम्झौताहरु छिट्टै कार्यान्वयनमा आउनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्