Logo

जर्मन अस्पतालमा आगलागी, एक जनाको मृत्यु, कैयौं घाइते



बर्लिन, २० पुस । जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ ।

“बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएका छन्,” स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार आगलागी राति १०ः४५ बजे भएको थियो । आपतकालीन सेवाका कर्मचारीहरू आइपुग्दा तेस्रो तल्लामा आगो फेलिएको थियो भने तला धुवाँको मुस्लोले भरिएको देखिन्थ्यो ।

भवनबाट उद्धारको लागि याचना गरिरहेको सनिएको थियो । आगो नियन्त्रणमा आउँदासम्म अस्पताल खाली गरिएको प्रहरीले जनाएको छ ।

अधिकारीहरूले आगलागीको कारणको बारेमा अनुसन्धान सुरु गरेका छन् । आगलागीमा दश लाख यूरोभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot