Logo

भेट्रान फुटबल अर्को साता



काठमाडौँ, २० पुस । कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

उक्त प्रतियागितामा ३२ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिए । चालिस वर्षभन्दा बढी उमेरका व्यक्ति प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्