काठमाडौं, २० पुष । आम जनता पार्टीले सर्लाहीको बरहथवा–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतीको लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयनको माग गर्दै जारी शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रशासनको निर्मम हस्तक्षेपमा प्रहरीको गोली लागि स्थानीय जयशंकर साहको निधन भएकोमा आपत्ति जनाएको छ । उक्त घट्नाको आजपाले निन्दा पनि गरेको छ ।
आजपाका प्रवक्ता सिबी साहले आज एक विज्ञप्ती जारी गर्दै उक्त घट्नाको निन्दा गरेका हुन्। उनले पछिल्लो समय न्याय प्राप्तिका लागि हुने विभिन्न शान्तिपूर्ण संघर्षहरुमा पटक–पटक राज्य पक्षबाट निर्मम एवम् अमानवीय दमनकारी हर्कतहरु भैरहेकोले यसले सरकार निरंकुशताको पथमा अग्रसर रहेको पुष्टि भएको जनाएका छन् । उनले उक्त घट्नाको छानबिन गर्न न्यायिक समितिको माग गरेका छन् । र, घाईतेहरुको निःशुल्क उपचार गर्नपनि उनको माग छ ।
यस्तो साहले जारी गरेको विज्ञप्ती