Logo

औषधि पसलहरुको अनुगमन तीब्र बनाउँदै काठमाडौं महानगर



काठमाडौं, २५ पुस । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन अनगुमनलाई निरन्तरता दिएको छ । आज (बुधबार) काठमाडौं महानगरको वडा नं.१ नक्साल क्षेत्रमा गरिएको अनुगमनका क्रममा यस अघि सुधारका लागि समय दिइएको एउटा पसलमा औषधि बेच्न छोडिएको, त्यसलाई किराना पसलमा रुपान्तरण गरिरहेको भेटिएको महानगरले जनाएको छ ।

महानगरको स्वास्थ्य शाखाले नक्साल फार्मेसीलाई सुधारका ७ दिनको अवधि दिइएको छ । योग्यता प्राप्त व्यक्ति आफैँले मात्र औषधी बिक्री बितरण गर्न सक्ने महानगर स्वाथ्य विभागले जनाएको छ । औषधि पसल सञ्चालन गर्न सम्बन्धित वडामा व्यवसाय दर्ता गर्नुपर्ने र औषधि व्यवस्था विभाग र महानगरपालिकाको स्वास्थ्य विभागमा दर्ता हुनुपर्ने महानगर स्वास्थ्य विभागले बताएको छ ।

साथै, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री नगर्न पनि महानगरले भनेको छ । मापदण्ड पालना नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९ र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को व्यवस्थाबमोजिम कारवाही हुने महानगर स्वाथ्य शाखाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot