Logo

नाथम हस्पिटालिटी कप क्रिकेट प्रतियोगिता हुने



काठमाडौँ, २६ पुस । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा यही पुस २९ गतेदेखि नाथम हस्पिटालिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

हेल्थ एण्ड स्पोर्टस् र आइटी मिडिया क्लबले गोल्फुटारमा उक्त क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगितामा उपत्यकाका १६ कलेजले सहभागिता जनाउने क्लबका अध्यक्ष रजतविक्रम कार्कीले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ७० हजार र उपविजेताले ३५ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्