Logo

केपी ओलीले एकीकृत समाजवादी सिध्याउन खोजेको भन्दै माधव नेपालको आक्रोश



काठमाडौं,२७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनको उपयोग गरेर नेकपा एमालेले आफ्नो पार्टीलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा पार्टी निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन खोजेको भन्दै ओक्रोश पोखेका हुन् ।

“हामी देखिरहेका छौँ । हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन्,” नेपालले भने,“हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ?”

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले पनि सत्ता गठबन्धनसँग मिलेर जाने कोशिस गरेको थियो । तर,एकीकृत समाजवादीको अडानका कारण एमालेको त्यो प्रयास सफल भएको थिएन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot