Logo

नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै



काठमाण्डौं, पुस २८ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दैछ । नेपाल र स्कटल्यान्डबीच आज हुने औपचारिक अभ्यास खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि शुरु हुनेछ ।

यसअघि नेपालले सोमवार स्कटल्यान्ड र बिहीवार नामिबियासँग अनौपचारिक अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।



प्रतिक्रिया दिनुहोस्