Logo

पीएम कप क्रिकेट: गण्डकीले दियो कर्णालीलाई १२३ रनको सामान्य लक्ष्य



काठमाडौं,२९ पुस । शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गतको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १२३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।

गण्डकीका लागि कमल गुरुङ र कमल परियारले २१-२१ रनको योगदान दिए । बलिङतर्फ कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले २-२ विकेट लिए । पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।

 यस पटक देखी प्रधानमन्त्री कप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पिएमकप टियु, मुलपानी र भैरहवामो सिद्धार्थ रंगशालामा हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्