Logo

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको विजयी सुरुआत, गण्डकीको लगातार दोस्रो हार



काठमाडौं,२९ पुस । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कर्णालीले गण्डकीलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

गण्डकीले दिएको १२३ रनको सामान्य लक्ष्य कर्णालीले ३४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि निश्चल रावलले अविजित २९ रन जोडे । ८२ बलको सामना गरेका उनले ३ चौका हिर्काए । अर्जुन घर्तीले पनि १० रन थपे ।

त्यस्तै हिमांसु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । ७१ बलमा उनले ५ चौका र २ छक्का हिर्काए । त्यस्तै कप्तान रविन्द्र शाहीले २० रन थपे ।

यसअघि खराब मौसमका कारण ४५ ओभरमा छोट्याईएको खेलमा गण्डकीले ९ विकेट गुमाएर १२२ रन जोडेको थियो । पहिलो खेलमा लुम्बिनीसँग् पराजित गण्डकीको यो लगातार दोस्रो हार हो ।



प्रतिक्रिया दिनुहोस्