Logo

आशुतोष घिरैयाको शतकमा बागमतीले दियो कोशीलाई २७४ रनको विशाल लक्ष्य



काठमाडौं,५ माघ । ओपनर आशुतोष घिरैयाको उत्कृष्ट शतकमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदेशलाई २७४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४८ ओभरमा २७३ रनमा अलआउट भयो ।

बागमतीका लागि ओपनर आशुतोषले ११८ रनको शतकीय पारी खेलेका छन् । उनले १११ बलको सामना गर्दै १६ चौका र २ छक्का प्रहार गरे।

जारी प्रधानमन्त्री कपमा यो पाँचौ शतक हो। यसअघि कोशीका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका थिए।

पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान, दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका थिए।

आशुतोषको अतिरिक्त कप्तान रित गौतमले ४९ रन जोड्दा रविन जोशीले ४३ रन थपे । अर्का ओपनर इशान पाण्डे ४ रनमा आउट हुँदा प्रतिक श्रेष्ठ १९ रनमा रनआउट भएका थिए । अशोक पौडेलले ५ रन थपेको खेलमा प्रतिश जिसीले ३, विपीन आचार्यले ९ र सूर्य तामाङले ९ रन थपे ।

बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिना, हेमन्त राई र ले कमल खत्रीलेसमान २ विकेट लिए । जारी प्रतियोगीतामा कोशी हालसम्म ४ खेल खेल्दा जितविहीन रहेको छ भने बागमतीले ४ खेलमा २ मा हार र २ मा जित निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot