Logo

प्रधानमन्त्री कपमा मयन यादवको अर्धशतक



काठमाडौं,८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशका खेलाडी मयन यादवले अर्धशतक प्रहार गरेका छन् ।

सुदूरपश्चिम प्रदेशविरुद्ध उनले ९२ बलको सामना गर्दै ३ चौकाको मद्दतमा ५० रनको अर्धशतकीय पारी खेलेका हुन् । यसअघि आजै मधेशका अर्का खेलाडी अनिल साहले पनि अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको मधेशले ताजा अवस्थामा ३५ ओभरमा २ विकेट गुमाएर १७९ रन जोडेको छ । मधेशको क्रिजमा अहिले मयन ५१ र पवन सर्राफ ३९ रन बनाएर खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot