Logo

सुजनको अर्धशतकमा कोशीले दियो कर्णालीलाई १५२ रनको लक्ष्य



काठमाडौं,९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको कोशी ३४।३ ओभरमा अलआउट हुँदै १५१ रनमा समेटियो ।

कोशीका लागि सुजन थपलियाले अर्धशतक प्रहार गरे । ७३ बलको सामना गरी ८ चौका र २ छक्का हिर्काउँदै ७३ रननै बनाएका सुजनको यो पीएम कपको दोस्रो अर्धशतक हो उनले यसअघि एक शतक पनि हिर्काएका छन् ।

सुजनका अतिरिक्त सौजन घिमिरेले १२, आइस भट्टराईले ११ रन थप्दा अभ्यास तिमिल्सिना ९, फिरदोर्स अन्सारी र समिर कार्कीले समान ६ रन थपे ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ४ तथा प्रकाश जैशीले तीन र दिवान पुनले २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot