Logo

प्रधानमन्त्री कप क्रिकेट: शीर्ष स्थानमा रहेको पुलिसको अपराजित यात्रा कायमै, मधेशको तेस्रो हार



काठमाडौं,१० माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष स्थानमा रहेको विभागीय टिम नेपाल पुलिस क्लबले लगातार पाँर्चौ जित निकालेको छ । लगातार पाँचौ जित निकाल्ने क्रममा पुलिसले आज मधेश प्रदेशलाई ६ विकेटले हराएको हो ।

मधेशले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि ओपनर सुनिल धमलाले २८ तथा कुशल भुर्तेलले १९ रन थपे भने आरिफ शेख १६ र अमृत श्रेष्ठ १५ रनमा नटआउट रहे । बलिङतर्फ मधेशका रञ्जित कुमार र अरनिको यादवले समान २ विकेट लिएपनि जिताउा सकेनन् । यो हारसँगै मधेश तेस्रो स्थानमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot