Logo

नेपालले आज अफगानिस्तानसँग भिड्दै, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब



काठमाडौं,१२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यसअघि खेलेका दुवै खेल हारेको नेपाललाई सुपर सिक्सको यात्रा तय गर्न आजको खेल जित्नैपर्ने दवाव रहेको छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरीसकेको छ ।

यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।

चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ । नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ । नेपाललाई अफगानिस्तानसंगको खेल बराबरीले पनि पुग्नेछ ।

आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन्। दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot