Logo

पहिलो पावर प्लेमै अफगानिस्तानका आधा ब्याट्सम्यान आउट, आकाश चन्दको घातक बलिङ



काठमाडौं,१२ माघ। आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ ।

पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले १० ओभरमा ५ विकेट गुमाएर ३४ रन जोडेको छ । आकाश चन्दले ४ र गुल्सन झाले एक विकेट लिए ।

अफगानिस्तानका विकेटकिपर नुमान शाह र खालिद तानिवालले खाता नखोली आउट भए । सोहेल खान जुरमतीले ४ रन जोडे भने ओपनर जमसिद जद्रानले पनि ३ रन मात्र बनाउन सके । आकाशले ५ ओभरमा ८ रन मात्र खर्चिएका थिए ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।

दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । यस खेलको विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot