Logo

नेकपा एसको राष्ट्रिय परिषद बैठक आजबाट, विधानमाथि छलफल हुने



काठमाडौं, माघ १४ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट सुरु हुँदैछ ।
कमलादीस्थित प्रज्ञा भवनमा अहिले बिहान ११ः३० बजेबाट सुरु हुने सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुने जनाइएको छ ।

सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहदै पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना बनाईनेछ । पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्नेछ । सम्मेलनले पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट तय गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्