Logo

मङ्गोलियामा ग्यास विस्फोट : पाँचजनाको मृत्यु



उलानबटोर, १८माघ । गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ ।

करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किदा विस्फोट भएको थियो । देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले सुरुमा आगलागीमा तीन जना अग्नि नियन्त्रकसहित अन्य तीन जनाको मृत्यु भएको बताएको थियो।

घटनापछि थप तीन जना अग्निनियन्त्रकको मृत्यु भएको बताइएको थियो । राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार एएफपीलाई थप दुई जनाको मृत्यु भएको र मृतकको सङ्या पाँच पुगेको बताएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot