Logo

पहिलो पावर प्लेमा भारतले १ विकेट गुमाएर जोड्यो ४९ रन



काठमाडौं,१९ माघ । यू-१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको भारतले मध्यम प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतेल पहिलो पावर प्लेको समाप्तीमा १ विकेट गुमाएर ४९ रन जोडेको छ । नेपालका लागि पहिलो विकेट गुल्सन झाले दिलाएका हुन् ।

पाचौँ ओभरको पाचौँ बलमा गुल्सनले सिंहलाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराए। १८ बलमा ४ चौका बनाएका आर्दश २१ रनमा आउट भएका थिए।

भारतको क्रिजमा रहेका ओपनर अर्शिन कुलकर्णी १६ र प्रियान्शु मोलिया ११ रनमा क्रिजमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot