Logo

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता



काठमाडौं,१९ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले १४औँ ओभरमा दुई विकेट लिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले १४औं ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट गुमाएको हो । १३।५ ओभरमा भारतका प्रियान्सु मोलियाले रनआउट भएका थिए ।

भारतीय टिमको स्कोरबोर्डमा १९ रन थपे । मोलिया चौथो रनका लागि दौडिँदा नेपालका आकाश चन्दले रनआउट गरेका हुन् । त्यसलत्तगै अर्को बलमा आकाशले भारतका अर्सिन कुलकर्णीलाई विकेटकिपर उत्तम मगरबाट क्याच गराए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ६२ रन बनाएको छ । त्यसअघि नेपालका लागि एक विकेट गुल्सन झाले लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot