Logo

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार



काठमाडौं, माघ २१ । पश्चिम-नवलपरासीको बर्दघाटमा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका–१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोली प्रहारबाट व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका छन् ।

बर्दघाट घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसाय गर्दै आएका बिश्वकर्मालाई साँझ पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

विश्वकर्माको पाखुरामा गोली लागेको र अवस्था खतरामुक्त रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार विश्वकर्माको भैरहवामा उपचार भैरहेको छ । घटनापश्चात् विश्वकर्मा चढेको स्कुटर लिएर भागेको उक्त समुहले खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot