Logo

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौं,२५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालका कुशल भूर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरिरहेको नेपालका लागि भुर्तेलले ४४ बलमा ८ चौका र १ छक्का हिर्काउँदै ५१ रन जोडेका हुन् । भुर्तेलको यो अन्तर्राष्ट्रिय ओडीआईमा सातौ अर्धशतक हिर्काएकबा छन् ।

ताजा अवस्तामा नेपालले १४ ओभरमा १ विकेट गुमाएर ७४ रन जोडेको छ ।

क्यानडाविरुद्ध नेपालका लागि दुई खेलाडीले ओडिआईमा डेब्यु गर्दैछन् सूर्य तामाङ र रिजन ढकालले ओडिआईमा डेब्यु गर्न लागेका हुन् । उनीहरु दुवैले भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट खेलको सूर्यले कूल ३० विकेट लिँदा रिजनले १९ विकेट लिएका थिए ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन्। क्यानडातर्फ पुबुदु दासानायके प्रशिक्षक छन्। पुबुदु पनि नेपालका पूर्वप्रशिक्षक हुन्।

सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २५ गते २७ र २९ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot