Logo

नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाने गौतमविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक जनाविरु४ भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं-८ मा रहेको श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शर्माको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली भएकोले छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एस्एलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

अख्तिायाले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको हुँदा शर्माउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot