Logo

सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न समाजवाद अपरिहार्य छः केपी ओली



काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादमा पुगेर नै सबै प्रकारका विभेदको अन्त्य गर्न सकिने र मुलुकलाई अगाडि बढाउन सकिने बताएका छन् । आज (शुक्रबार) विश्व सामाजिक मञ्च २०२४ को अवसरमा बुद्धिजीवी परिषद्ले आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नका लागि समाजवादको अपरिहार्यता रहेको बताएका हुन् ।

साथै, नेपालको संविधानले सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको स्मरण गराउँदै उनले सबै मिलेर यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए । अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गर्दा सामाजिक न्याय र आर्थिक विकासमा विशेष जोड दिएको दाबी गरे ।

एमाले सरकारले महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्यबिमासहित सामाजिक सुरक्षाका क्षेत्रमा धेरै काम गरेको उनको दाबी छ । साथै, शान्ति प्रक्रियाका बाँकी काम एमालेकै पहलमा टुङ्गिनेसमेत उनले उद्घोष गरे ।



प्रतिक्रिया दिनुहोस्