Logo

रेणु यादव जसपा छोड्ने अन्तिम तयारीमा



काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टीकी प्रभावशाली नेतृ रेणु यादव पार्टी छोड्ने तयारीमा पुगेकी छिन् । अध्यक्ष उपेन्द्र यादवले आफूविरुद्ध राजनीतिक सौदाबाजी गरेको निश्कर्षसहित उनी पार्टी छोड्ने मुडमा पुगेको उनीनिकट उच्च स्रोतले जनाएको छ ।

मधेश प्रदेशका सांसद अनिरुद्र प्रसाद सिंहलाई पार्टीमा भित्र्याएपछि रेणु अध्यक्ष उपेन्द्रसँग फायर भएकी हुन् । चुनावमा पार्टीबाट विद्रोह गरेर स्वतन्त्र चुनाव लडेका सिंहले बाजी मारेका थिए । सिंहले स्वतन्त्र चुनाव लडेपनि पार्टी नेतृत्वले उनैलाई सहयोग गरेको र आफ्नो छोरा अभिषेक यादवलाई हराईएको उनको निश्कर्ष छ ।

पछिल्लो समय रेणुलाई पार्टीमा पनि बाईपास गरिएको उनीनिकट नेता तथा कार्यकर्ताहरुको गुनासो छ । जसपा छोडेर कुन पार्टीमा जाने भन्ने तय भएको छैन् । तर, उनी पार्टी छोड्ने अन्तिम निश्कर्षमा भने पुगिसकेकी छिन् ।

सप्तरीमा उनका समर्थनहरु पार्टी छोडेपछि जसपा परित्याग गरी उनै रेणुको पछि लाग्ने चर्चा चल्न थालेको छ । जसपाको महाधिवेशन पनि नजिकिँदैछ । महाधिवेशनअघि नै रेणुले पार्टी त्याग्दा अध्यक्ष उपेन्द्रलाई ठूलो धक्का लाग्नेपनि चर्चा चुलिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot