Logo

शतकीय साझेदारी गरेर आउट भए अर्जुन र सन्दीप, नेपाल ‘ए’ को चौथो विकेट गुम्यो



काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले लगातार तेस्रो र चौथो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको हो । भने लगत्तै सन्दीप जोरा पनि आउट भएका छन् । कुमाललाई खेलको २४।५ ओभरमा निखिल दत्तले आउट गरे । उनी ४० रनमा आउट भएका हुन् ।

अर्जुन आउट भएलगत्तै २ बलपछि सन्दीप पनि आउट भएका छन् । साद विन जफरको बलमा सन्दीप ६६ रन जोडेर आउट भएका हुन् । १३–२ को अवस्थामा पुगेको नेपाललाई उनले कप्तान सन्दीप जोरासँग १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

नेपालले दुई विकेट तेस्रो ओभरमै १३ रनमा गुमाएको थियो । तर त्यसपछि अर्जुन कुमाल र सन्दीप जोराको उत्कृष्ट साझेदारीमा नेपाल खेलमा फर्किएको हो ।

यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।

आज नेपाल ‘ए’ को टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन् । उनले स्थानमा सन्दीप जोराले कप्तानी सम्हालिरहेका छन् ।

नेपालको प्लेइङ-११ अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल

बेन्च- सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी



प्रतिक्रिया दिनुहोस्

Screenshot