Logo

वाफ वुमन्स च्याम्पियनसिप : आज नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं, फागुन १० । साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमासुरु हुनेछ।

समूह ‘बी’ मा रहेको नेपाल आजको खेलमा जित्दै सेमिफाइनल नजिक पुग्न चाहन्छ। पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गरेको थियो भने इराक प्यालेस्टाइनसँग ३–० ले पराजित भएको थियो।



प्रतिक्रिया दिनुहोस्