Logo

सांसद सुनिल शर्माको पहलमा शिविरबाट रेफर भएका २० जना विरामीको निःशुल्क शल्यक्रिया र उपचार



काठमाडौं, १३ फागुन । काठमाडौंको सिनामंलगस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क स्वास्थ्य शिविरबाट रेफर भएका २० जना विरामीहरुको शल्यक्रिया भएको छ ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शुनिल शर्माको सहयोगमा गत माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट रेफर गरिएका विरामीको निः शुल्क उपचार र शल्यक्रिया गरिएको हो ।

शिविरबाट रेफर भएका विरामीहरुको उपचारका लागि सहयोग र समन्वय नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ई. भुवन भट्ट र नेविसंघ डडेल्धुराका सभापति पवन ऐरले गरिरहेका छन् ।

सांसद् शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ चेकजाँचका लागि केही राहत होस् र पैसाको अभावमा कोही पनि उपचारबाट बञ्चिन हुन नपरोस् भन्ने हेतुले सहयोग गरिएको बताए । राजनीतिलाई समाजसेवा र नितान्त जनसेवामा केन्द्रीत गराउनुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको सांसद शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot