Logo

संघीय संसदका विभिन्न ८ वटा समितिको बैठक बस्दै



काठमाडौं, फागुन १५ । संघीय संसद अन्तर्गत विभिन्न ८ समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतका पाँच र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेकाे हाे । संघीय संसद सचिवालयका अनुसार आज अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आजै सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति रराष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot