Logo

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान



काठमाडौं, फागुन १७ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको छ ।चितवनको भरतपुरमा रहेको यस रङ्गशालाको पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको हो ।

यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । रङ्गशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । टेण्डर भएको मितिले ३० महिनामा काम पूरा गरिसक्नुपर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्